
काठमाडाैं : विवेकशील साझा पार्टीद्धारा पार्टीका संयोजकद्धय रवीन्द्र मिश्र र उज्वलबहादुर थापालाई क्रमश: काठमाडौंको क्षेत्र नम्बर १ र ५ बाट संघीय प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी तोकिएको छ।
त्यसैगरी काठमाडौंको क्षेत्र नम्बर ४, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्यहरु सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डेसमेतलाई प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। विगत २० वर्षदेखि पत्रकारितामा कार्यरत अनुपा श्रेष्ठलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। अन्य उमेदवार पनि घोषणा गर्दै जाने पार्टीको नीति रहेको साझा पार्टीले बताएको छ।
विवेकशील नेपाली दल ७ महिनाअघि स्थापित साझा पार्टीको बीचमा एकिकरण भइ विवेकशील साझा पार्टीको रुपमा रहँदै आएको छ। एकिकरणपछि पार्टीले चुनाव चिन्ह ‘तराजु’ प्राप्त गरेको छ।