PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

उपत्यकाबाट बाहिरिने छ वटै नाकामा सुरक्षा चेकिङ, छिट्टै अपराधी नजिक पुग्छौँ : एआइजी चन्द



सविन ढकाल

उपत्यकाबाट बाहिरिने छ वटै नाकामा सुरक्षा चेकिङ, छिट्टै अपराधी नजिक पुग्छौँ : एआइजी चन्द

काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेपछि प्रहरीले उपत्यकाभित्रको सुरक्षा चेकिङ कडा बनाएको छ।
 
उपत्यकाबाट बाहिरिने छ वटै नाकामा सुरक्षा चेकिङ मिलाएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए। 

एआइजी चन्दले भने, ‘घटना भए लगत्तै उपत्यकाका विभिन्न शंकास्पद स्थान, नाका लगायतका क्षेत्रमा सुरक्षा चेकिङ कडा बनाएका छौँ।‘ 

दिउँसो करिब ३ बजे ओमशान्ति चोकबाट खरिबोटतर्फ बा १३ च  ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा सवार गौचनलाई प्रज्ञान चोकमा अज्ञात समूहले गोली प्रहार गरेका थिए। 

एआइजी चन्दले प्रहरी अपराधीको खोजीमा लागि सकेकाले केही समयमा अपराधी नजिक पुग्ने दाबाी  गरे। 


 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell