PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

केही घण्टामै 'पद्मावती' ट्रेलर नेपाल ट्रेन्डिङ १ मा



पहिलोपोस्ट

केही घण्टामै 'पद्मावती' ट्रेलर नेपाल ट्रेन्डिङ १ मा

फिल्म 'पद्मावाती'को ट्रेलर सार्वजनिक भएको छ। सोमबार फिल्मको ट्रेलर पाँच लाख हिट्ससहित केही घण्टामै ट्रेन्डिङ नम्बर १ मा आएको छ। ट्रेलरमा मुख्य तीन कलाकार रणवीर सिंह, दीपिका पादुकोण र साहिद कपूरको फिचरिङ रहेको छ।



पद्माोवतीमा दीपिकाले रानी पद्मावतीको भूमिका निभाएकी छिन्। शाहिद उनको पति राजा रावल रतन सिंहको भूमिकामा देखिने छन्। एन्टागोनिस्टका रुपमा स्थापित हुनेछन् रणवीर जसले अलाउद्धिन खिलजीको भूमिका निभाउने छन्। पद्मावतीप्रतिको लगावका कारण उनले चित्तरोमा युद्ध गर्छन्।

सञ्जय लीला भन्सालीको निर्दशन रहेको फिल्म मुम्बईको मेहबुब स्टुडियोमा छायाँकन भएको हो। भन्साली निर्देशित यो फिल्म सुरुदेखि नै अवरोधको सिकार हुँदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell