PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार



पहिलोपोस्ट

अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार
फोटो श्रोतः  theguardian.com

स्वीडेन :  अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। 

अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ। 

सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यक्तिगत निर्णयहरू तथा बजारका गतिविधिलाई प्रभावित तुल्याउँछन् भन्ने विषयमा गरेको खोजमूलक अध्ययनका लागि थालरलाई पुरस्कृत गरिएको छ, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।रासस/एएफ्पी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell