PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

कांग्रेस-राप्रपा चुनावी सहमति : राप्रपालार्इ प्रतिनिधि सभा र प्रदेश सभामा निश्चित सिट



पहिलोपोस्ट

कांग्रेस-राप्रपा चुनावी सहमति : राप्रपालार्इ प्रतिनिधि सभा र प्रदेश सभामा निश्चित सिट

काठमाडौ :  सत्तारुढ कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेलका लागि सहमति जुटेको छ। 

निर्वाचन क्षेत्र नतोकिकन राप्रपाले प्रतिनिधि सभामा ७ र प्रदेश सभामा ३२ सिट पाउने गरी दुई दलबीच सहमति भएको हो।

‘नेपाली कांग्रेससँग प्रतिनिधि सभामा र प्रदेश सभा निर्वाचनमा निश्चित सिट पाउने गरी भद्र सहमति भएको छ,’ राप्रपाका सह-प्रवक्ता मोहन श्रेष्ठले भने, ‘हामीले लोकतान्त्रिक गठबन्धनमा जाने सहमति भएपछि सरकारलाई सर्मथन पत्र पठाएका छौं।’

कांग्रेससँग सहमति भएलगत्तै राप्रपाले कार्यसम्पादन र संसदीय दलको आकस्मिक बैठक सकेर सरकारमा जाने निर्णय गरी सरकारलाई पत्र पठाएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell