PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

यी हुन् विश्वकपमा छनोट भइसकेका १७ राष्ट्र



पहिलोपोस्ट

यी हुन् विश्वकपमा छनोट भइसकेका १७ राष्ट्र

२१औँ संस्करणको विश्वकप फुटबल अर्को वर्ष रसियामा हुँदैछ र यसका लागि छनोट चरणका खेलहरु लगभग अन्त्यतिर पुगिरहँदा विश्वकपमा स्थान सुरक्षित गर्ने होडबाजी नै चलेको छ। कूल ३२ राष्ट्रले खेल्ने विश्वकपका लागि अहिलसम्म आयोजक रसियासहित १७ राष्ट्र छनोट भएका छन्।

रसियाले छनोट चरण नखेली सिधै विश्वकपमा स्थान बनाएको हो भने बाँकी १६ टिमले छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन्। आइसल्याण्ड छनोट चरण पार गर्दै पहिलो पटक विश्वकपका लागि छनोट भएको छ।

 

कुन महादेशबाट कती राष्ट्र छनोट

अहिलेसम्म युरोपबाट आयोजक रसियासहित सर्वाधिक ८ राष्ट्र छनोट भइसकका छन् भने एसियाबाट ४, अफ्रिका र उत्तर अमेरिकाबाट २-२ तथा दक्षिण अमेरिकाबाट १ राष्ट्र छनोट भएका छन्।

 

युरोप : रसिया, बेल्जियम, जर्मनी, इंगल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, अष्ट्रिया

एसिया : इरान, जापान, दक्षिण कोरिया, साउदी अरेविया

अफ्रिका : नाइजेरिया, इजिप्ट

उत्तर अमेरिका : मेक्सिको, कोस्टारिका

दक्षिण अमेरिका : ब्राजिल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell