
काठमाडौं : एएफसी एसियन कप छनोटअन्तर्गत चौथोँ खेलमा नेपालले ताजिकिस्तानसँग आज बेलुका प्रतिस्पर्धा गर्दैछ।
घरेलु मैदानमै ताजिकिस्तानसँग पराजित भएको नेपालले ताजिकिस्तानलाई पनि उसैको मैदानमा हराउने लक्ष्य राखेको छ। प्रशिक्षक योतुकु कोजली ३ अंक जोडेर मात्र काठमाडौं फर्कने बताएका छन्।
समूह एफ मा १ अंक मात्र जोडेको नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ शीर्ष दुई स्थानमा रहदै २०१९ मा युएईमा हुने एसियन कपको लागि छनोट हुन। ताजिकिस्तान विरुद्ध जित हात पारे सम्भावना केही बाँकी हुनेछ र हारले यात्रा कठिन हुँदै जानेछ। यस्तै ३ अंक रहेको घरेलु टोली ताजिकिस्तानको लागि पनि नेपाल विरुद्धको खेल महत्पूर्ण रहेको छ।
यस समूहमा फिलिपिन्स ७ अंकका साथ पहिलो र ५ अंक जोडेको यमन दोस्रो स्थानमा छ।
नेपाल र ताजिकिस्तान बीचको खेल मंगलबार बेलुका नेपाली मय अनुसार पौने ७ बजे हिसोर सेन्ट्रल स्टेडियममा हुनेछ।