PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

पूर्वसांसद तथा साहित्यकार जगदीशशमशेर राणाको ८८ वर्षको उमेरमा निधन



पहिलोपोस्ट

पूर्वसांसद तथा साहित्यकार जगदीशशमशेर राणाको ८८ वर्षको उमेरमा निधन
फोटो श्रोतःhimalkhabar.com

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसांसद तथा साहित्यकार जगदीशशमशेर राणाको ८८ वर्षको उमेरमा निधन भएको छ। राणाको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको हो। 

राणाको निधनप्रति नेपाली कांग्रेसले विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। 
पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा पार्टीले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। 

काठमाडौंको बबरमहलमा जन्मिएका राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा सुरु गरेका थिए। वि.सं २०१५ को आमनिर्वाचनमा उनी अछामबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका थिए। 

गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका राणा २०१७ सालको ‘कु’पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। 

वि.सं २०४६ को ऐतिहासिक जनआन्दोलनपछि वि.सं २०५० मा उनी नेपाली कांग्रेसकातर्फबाट राष्ट्रिय सभाको सदस्य भएका थिए। 

राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय थिए। उनको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ। उनी मदन पुरस्कारबाट समेत सम्मानित भएका थिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell