PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सुनसरीबाट एमालेका उम्मेदवार सिफारिस



पहिलोपोस्ट

सुनसरीबाट एमालेका उम्मेदवार सिफारिस

इनरुवाः नेकपा एमालेले सुनसरीबाट उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ। एमाले सुनसरीको मातहतका कमिटीले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो। 

एमालेको निर्वाचन क्षेत्रीय कमिटी र प्रदेश सभा कमिटीको बैठकले क्षेत्र नं १ बाट प्रकाश राई र जयकुमार राईलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ भने प्रदीप भण्डारीलाई प्रदेश सभा (क) सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ। 

एमाले केन्द्रीय कमिटी सचिव, पूर्वमन्त्री एवं साविक सुनसरी–६ का सांसद भीमप्रसाद आचार्यलाई प्रदेश सभाको (ख) बाट उम्मेदवार सिफारिस गरिएको जनाइएको छ। 

निर्वाचन क्षेत्र नं २ बाट हालका सांसद रेवतीरमण भण्डारी, खेमराज पोखरेल, रामप्रसाद चौलागार्इं, रमेश श्रेष्ठ, डा बद्री विशाल पोखरेल र ओम कोइरालाको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस गरिएको छ भने यस क्षेत्रको प्रदेश सभा (क) बाट एमाले केन्द्रीय सदस्य धर्मराज निरौला, रामप्रसाद चौलागाईं, राजकुमार गिरी, डवलकुमारी चौलागाईं, बन्हुलाल चौधरीलाई प्रदेश सभा सदस्यका लागि नाम सिफारिस गरिएको छ। 

प्रदेश सभा (ख) का लागि शम्भु आचार्य, पर्शुराम यादव, हरिनारायण चौधरी, शत्रुघन यादव, धिरामाया राई, निरा आचार्य, शंकरलाल चौधरी, राम कोइराला, खेमराज पोखरेलको नाम प्रदेश सभा सदस्यका लागि सिफारिस गरिएको छ। 

यसैगरी, सुनसरीको निर्वाचन क्षेत्र नं ३ बाट एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव भीम आचार्यले भगवती चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने घोषणा गरिसकेकाले यस क्षेत्रबाट उनको एक्लो उम्मेदवारी लगभग पक्कापक्की भइसकेको एमाले स्रोतले जनाएको छ। 

यस क्षेत्रबाट प्रदेश सभा (क) का लागि तैयव हुसैन, रामकरण चौधरीको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा (ख) बाट नाम सिफारिस हुन बाँकी रहेको छ। 

निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि जगदीश कुसियत, महफुज अन्सारी र रमेश श्रेष्ठको नाम सिफारिस गरिएको छ। प्रदेश सभा (क) बाट सदस्यका लागि केशव तिम्सिना, नन्दकुमारी राई, बद्रीनाथ घिमिरे, प्रदीप काफ्ले, कोषराज भट्टराई, डिवी शाह ‘शंकर’ तथा बाबुराम बरालको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ। 

जिल्लामा नेकपा माओवादी केन्द्रसँगको तालमेलको कुराले केही मात्रामा सदस्यको उम्मेदवारीमा फेरबदल हुनसक्ने सम्भावनासमेत रहेको पार्टीले जनाएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell