PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

मोरङ र सुनसरीमा आगलागीबाट तीन लाख रुपैयाँ बराबरको क्षति



पहिलोपोस्ट

मोरङ र सुनसरीमा आगलागीबाट तीन लाख रुपैयाँ बराबरको क्षति

विराटनगरः मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

मोरङको सुन्दरहरैंचा–९ पीपलचौर बस्ने रुद्र कार्कीको ग्वालीमा आगलागी हुँदा ग्वालीमा रहेका सम्पूर्ण सामान जलेर एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

त्यस्तै, सुनसरीको इनरुवा–७ बस्ने हेमराज ढुंगानाको गाईगोठमा विद्युत् चुहिई आगलागी हुँदा एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell