PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

क्याटलोनियाली नेतालाई स्वतन्त्रताबारे तत्काल निर्णय नलिन प्रतिपक्षी दलको आग्रह



पहिलोपोस्ट

क्याटलोनियाली नेतालाई स्वतन्त्रताबारे तत्काल निर्णय नलिन प्रतिपक्षी दलको आग्रह
फोटो श्रोतः dw.com

बार्सिलोना : स्पेनको प्रतिपक्षी दलका प्रमुख पेड्रो सेन्चेजले क्याटलोनियाली नेता चाल्र्स पुइगडेमन्टलाई स्पेनबाट पृथक हुनेसम्बन्धि ‘सम्पूर्ण विषय रोक्न’ आग्रह गरेका छन्। 

केही दिनमै कुनै देशबाट स्वतन्त्र बन्ने निर्णय लिनु उचित नहुने भन्दै यस विषयमा सोच्न सान्चेजले आग्रह गरेका हुन्। 

बार्सिलोनामा सञ्चारकर्मीसँगको कुराकानीमा सेन्चेजले क्याटलोनियाली नेतालाई भने,‘यस समय यदि उहाँ (सेन्चेजले)ले टेलिभिजन वा अन्य सञ्चारमाध्यममार्फत हामीलाई हेर्नुभएको वा सुन्नुभएको छ भने एकतर्फी रूपमा स्वतन्त्र भएको घोषणा गर्नु हुने छैन वा जनमत सङ्ग्रहका कुनै पनि निर्णयलाई कार्यान्वयनमा लग्नुहुने छैन।’

यसैबीच फ्रान्सका यूरोपेली मामिला मन्त्री नाथली लुसोले सिले  यदि क्याटलोनियाले एकतर्फीरूपमा स्वतन्त्र भएको घोषणा गर्छ भने यसलाई विश्व समुदायले मान्यता नदिने बताए।

उनले यो समस्यालाई स्पेनी राजनीतिको सवै तहमा वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताए। 

उनले क्याटलोनिया स्वतन्त्र भएको घोषणासँगै यूरोपेली महासंघबाट स्वत बाहिरिने र सदस्यता लिन चाहेमा सम्पूर्ण प्रक्रिया पुर्याएर आवेदन दिनुपर्ने बताए।

उनले भने,‘हामी स्पेनका सहयोगी हौँ र स्पेन विश्वको एक प्रमुख प्रजातान्त्रिक मुलुक हो। त्यसैले हामीले स्पेनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहन्नौ।’रासस-एएफ्पी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell