PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सुरक्षामा ९८ हजार बढी म्यादी प्रहरी भर्ना गर्ने



पहिलोपोस्ट

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सुरक्षामा ९८ हजार बढी म्यादी प्रहरी भर्ना गर्ने

काठमाडौं : सरकारले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सुरक्षाका लागि ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ५५ दिनको लागि म्यादी प्रहरी खटाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

निर्वाचनमा खटिने म्यादी प्रहरीले जवान सहितको सुविधा पाउने छन्। नेपाल प्रहरीमा कार्यरत जवानले मासिक १७ हजार २ सय ३० रुपैयाँ पाउँदै आएका छन्।

सरकारले पहिलो र दोस्रो तहको स्थानिय तहको निर्वाचनको लागि ७५ हजार म्यादी प्रहरी खटाएको थियो। ५५ दिनका लागि भर्ना भएका म्यादी प्रहरीले निर्वाचन समय लम्बिदैँ जादाँ ९० दिनसम्म काम गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell