काठमाडौँ : सोमबार दिउँसो निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि प्रहरीले उपत्यकाबाट एकै दिन १८० जनालाई नियन्त्रणमा लिएको छ।
उपत्यकाभित्रबाट प्रहरीले शंंकास्द १ सय ८० जनालाई नियन्त्रणमा लिएको हाे।
महासंघका अध्यक्ष गौचनको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेपछि प्रहरीले उपत्यकाभित्रिने नाका सील गरी चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले भक्तपुरबाट तीन, ललितपुर २४ जना र काठमाडौंबाट एक सय ५३ जनालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकालाई आवश्यक सोधपुछ भइरहेको कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए।
एआइजी चन्दले भने, ‘घटना भए लगत्तै उपत्यकाका विभिन्न शंकास्पद स्थान, नाकालगायतका क्षेत्रमा सुरक्षा चेकिङ कडा बनाएका छौँ।‘
प्रहरीले राजधानीबाट नै सोमबार दिउँसो हतियारसहित छिरिङ तामाङ, सञ्जय तामाङ र दीलिप तामाङलाई प्रहरीले अपराह्न सवा ३ तीन बजे पक्राउ गरेको थियो। उनीहरु तीनै जना काभ्रेको रोशी नगरपालिकाका बासिन्दा हुन्।
अपरान्ह करिब ३ बजे ओमशान्ति चोकबाट खरिबोटतर्फ बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडीमा सवार गौचनलाई प्रज्ञान चोकमा अज्ञात समूहले गोली प्रहार गरेको थियो
प्रहरीले गौचन हत्याको घटना छानविन गर्न केन्द्रीय अनुसन्धान व्यूरोका एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा पाँच सदस्य छानबिन समितिसमेत गठन गरेको छ।