PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

क्यालिफोर्नियाकाे अंगुर बगानमा  भिषण डढेलो, १० जनाको मृत्यु, हजारौं प्रभावित



पहिलोपोस्ट

क्यालिफोर्नियाकाे अंगुर बगानमा  भिषण डढेलो, १० जनाको मृत्यु, हजारौं प्रभावित
फोटो श्रोतः cbc.ca

लस एन्जेलसः  अमेरिकाको क्यालिफोर्निया राज्यमा आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ।

क्यालिफोर्नियाको अंगुर बगानमा डढेलो लागेको हो। दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगो लागेको थियो। 

अागलागीका कारण करिब २० हजारलाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ। 

हजारौँ स्थानीयवासी घर छाडेर भाग्न बाध्य भएका छन्। कतिपय आफैं भागेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ। 

यहाँको विशेषगरी अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो। प्रायः अंगुर रहेको क्षेत्रमा बढी क्षति पुगेको छ। आगलागीले प्रायः सबै संरचना ध्वस्त बनाएको पाइएको छ । 

आगलागीबाट कम्तीमा १ हजार ५०० सय घर जलेर ध्वस्त भएका छन्।क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र सातजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। उनीहरुले क्यालिफोर्निया राज्यमा यो पहिलो पटक यति खतरनाक डढेलो लागेको बताएका छन्। 

आगलागी नियन्त्रणका लागि भएका प्रयासहरु पनि प्रभावकारी हुन सकेका छैनन्। निकै ठूलो आगोको मुस्लोले राज्यको हजारौँ हेक्टर जमिन ढाकेको। 

आगो नियन्त्रणका लागि सहज होस् भनेर सबैतिर बन्द गरिएको छ भने क्यालिफोर्नियाका गभर्नरले आपतकालको घोषणा गरेका छन्। 

वाइनका लागि तथा सामान्य उपभोगका लागि पनि क्यालिफोर्नियामा अंगुर उत्पादन गर्ने गरिन्छ।सो बगानमा हजारौँ कामदार छन्। उनीहरुलाई आइतबार राति नै हेलिकोप्टरबाट सुरक्षित ठाउँमा लगिएको बताइएको छ। 

तातो हावा र सुख्खा मौसमका कारण आगो चाँडै फैलिरहेको छ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell