PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

उपेन्द्र यादव सिरहा क्षेत्र नं. १ बाट सिफारिश



पहिलोपोस्ट

उपेन्द्र यादव सिरहा क्षेत्र नं. १ बाट सिफारिश

लहान :  संघीय समाजवादी फोरम नेपालले सिरहा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिश गरेको छ। 

फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिश भएको फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिए। 

सिरहा १ बाट अध्यक्ष यादवसहित केन्द्रीय सदस्य सत्यनारायण यादव, सरिता गिरी र राजलाल यादवको नामसमेत सिफारिश गरिएको छ। 

यस्तै, फोरमले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं २ बाट पार्टी केन्द्रीय कोषाध्यक्ष विजय यादव र शत्रुघ्न महतो कोइरी, क्षेत्र ३ बाट अशेश्वर यादव तथा क्षेत्र नं ४ बाट डा वीरेन्द्र महतो र शीतल महतोको नाम सिफारिश गरिएको केन्द्रीय सदस्य यादवले जानकारी दिए। 

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं १ (क) बाट वैधनाथप्रसाद साह, जीतेन्द्रप्रकाश महतो र श्यामकुमार गुप्ता तथा क्षेत्र नं १ (ख) बाट राजकुमार गुप्ता, प्रयागलाल यादव र जीतेशकुमार यादवको नाम सिफारिश गरिएको छ। 

प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं २ (क) बाट डोमी साह, विनोदकुमार यादव, अजय यादव र भागवत यादव तथा २ (ख) बाट निर्मला यादव र आनन्दकुमार महतोको नाम सिफारिस गरिएको छ। 

क्षेत्र नं ३(क) बाट मनोजकुमार सिंह र राजकुमार सिंह तथा ३ (ख) बाट मनोरञ्जन गोइतको नाम सिफारिस गरिएको छ। त्यस्तै क्षेत्र ४ (क) बाट विष्णुकुमार साह, विष्णुदेवकुमार महतो र हरेराम यादवको सिफारिश गरिएको छ। 

क्षेत्र ४ (ख) बाट अमरकुमार साह, विजयकुमार र दिलीपकुमार यादवको नाम सिफारिश गरिएको अध्यक्ष यादवले जानकारी दिए। 

यसअघि आइतबार नेकपा एमालेले सिरहाले क्षेत्र नं १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिश गरेको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell