PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

वाम गठबन्धनले विवेकशील साझा पार्टीको चुनावी रणनीतिमा असर : प्रवक्ता आचार्य



आकाश क्षेत्री

वाम गठबन्धनले विवेकशील साझा पार्टीको चुनावी रणनीतिमा असर : प्रवक्ता आचार्य

काठमाडाैं : नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी एकताको वाम गठबन्धनले विवेकशील साझा पार्टीको चुनावी रणनीतिमा असर परेको छ।

वामपन्थी र दक्षिणपन्थी नभर्इ आफूलार्इ नेपालको वैकल्पिक शक्तिमा चिनाउँन चाहने विवेकशील साझा पार्टीको चुनावी रणनीतिमा असर परेपछि रणनीति परिवर्तन गर्नु परेको हो।

वाम गठबन्धन हुनुभन्दा पहिले जनतासामु जाने रणनीतिमा गठबन्धनले असर पारेको प्रवक्ता सूर्यराज आचार्यले बताए। उनले भने, 'वामपन्थीको धुर्वीकरणले पार्टीको रणनीति असर परेका कारण परिवर्तन गर्नुपरेको छ।'

'नेपालका ठुला दलहरु धुर्वीकरण प्रकृयामा गएपछि साना पार्टीलार्इ कुनै ठाउँ हुँदैन कि भन्ने मनोविज्ञानमा हामीले रणनीतिलार्इ परिर्वतन गरेका छौँ' आचार्यले भने। तर, आफ्नो दल वामपन्थी तथा दक्षिणपन्थी कुनै पनि गठबन्धनमा समावेश नहुने उनले स्पष्ट पारे।

संघीय प्रतिनिधि सभाको निर्वाचनमा विवेकशील साझा पार्टीले काठमाडौंका १, ४, ५, ७, ८  र ९ नम्बर निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार चयन गरिसको छ। पार्टी सह-संयोजकद्धय रवीन्द्र मिश्र काठमाडौंको क्षेत्र नम्बर १ र उज्वलबहादुर थापालाई काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष उम्मेदवारी दिने भएका छन्।

यसबाहेक काठमाडौं चयन भएका उम्मेदवारहरु यस प्रकारका रहेका छन :

काठमाडौं क्षेत्र न. ४ -  सुबुना बस्नेत

काठमाडौं क्षेत्र न. ७ - अनुपा श्रेष्ठ

काठमाडौं क्षेत्र न. ८ - पुकार बम

काठमाडौं क्षेत्र न. ९ - मिलन पाण्डे

अन्य क्षेत्र न. २, ३, ६ र १० मा भने उम्मेदवारको चयन हुन बाँकी नै रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell