PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सामुदायिक रेडियोमा एकै पटक तीन सय किशोरीले कार्यक्रमक नेतृत्व गर्ने



पहिलोपोस्ट

सामुदायिक रेडियोमा एकै पटक तीन सय किशोरीले कार्यक्रमक नेतृत्व गर्ने

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ अक्टोबर ११ देखि अन्तर्राष्ट्रिय बालिका दिवस विश्वाव्यापी रुपमा मनाउने क्रम सुरु भयो। नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजन गरी मनाउने गरिएको छ।
 
यस क्रममा छैठौं अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा तीन सय किशोरी एकै पटक रेडियोकर्मीको भूमिकामा देखिने भएका छन्। सामूदायिक रेडियो प्रसारण संघ र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा 'म बालिका भएकीले' भन्ने नाराका साथ तीन सय किशोरीले सामूदायिक रेडियोमा बहसमूलक कार्यक्रम चलाउने भएका हुन्। यसअघि रेडियोमा काम नगरेका किशोरीलार्इ रेडियोकर्मीको रुपमा आयोजकले उभ्याउन लागेका छन्। 

प्लान इन्टरनेशनल नेपालका नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्स, 'रेडियो टेकओर किशोरीहरुका लागि उनीहरुको सवालमा नीतिनिर्माता, नेता र अधिकारकर्मीसँग छलफल गर्ने र उनीहरुलार्इ प्रतिबद्ध बनाउने विशिष्ट अवसर हो।'

कार्यक्रमको नेतृत्व लिनुअघि रेडियोबाट उनीहरुलार्इ अभिमुखिकरण तालिम दिइनेछ। यसैका आधारमा उनीहरुले कार्यक्रम संचालन गर्नेछन्। अकोराबका अध्यक्ष सुवास खतिवाले यो कार्यक्रम नयाँ नमूनाको कार्यक्रम पनि हुने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell