.png)
काठमाडौं : एसियाली फुटबल महासंघ एएफसी अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा नेपाल आइपुगेका छन्। अध्यक्ष खालिफासहित एएफसीका अन्य पदिधकारीहरु दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आइपुगेका हुन्।
उनलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष मणि कुवँर, महासचिव धिरेन्द्र प्रभान र सिईओ इन्द्रमान तुलाधर ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
यस्तै खालिफाको टोली धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा पुगेका छन्। उनीहरुलाई एन्फा अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष कुवँरले साथ दिनेछन्। दुई दिनसम्म टोली त्यही रहने एन्फाले जनाएको छ।
खालिफाको भ्रमण नेपालको फुटबल विकासको लागि फाइदाजनक रहेको र उनले बुधबार एन्फा हाउसमा एन्फा अध्यक्ष नरेन्द्र श्रेषठसंग मिटिङ गर्ने एन्फाले जनाएको छ।
नेपाल आउनुअघि खालिफाको टोलीले भुटान र भारतको भ्रमण गरेका थिए।