PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

थाइल्याण्डमा आगामी वर्षको नोभेम्बरमा आमनिर्वाचन हुने



पहिलोपोस्ट

थाइल्याण्डमा आगामी वर्षको नोभेम्बरमा आमनिर्वाचन हुने
फोटो श्रोतः bloomberg.com

बैंकक :  थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आगामी वर्षको नोभेम्बर महिनामा थाइल्याण्डमा आमनिर्वाचन हुने जानकारी दिएका छन्। 
प्रधानमन्त्री ओचाले मङ्गलबारको मन्त्रिपरिषद बैठकपछि सन् २०१८ को नोभेम्बरमा निर्वाचन गर्ने योजनामा सरकार रहेको बताए।

थाइल्याण्डमा हाल सैनिक सरकार छ। प्रधानमन्त्री ओचा सन् २०१४ मा तत्कालनी प्रधानमन्त्री यिङलक सिनावात्रालाई अपदस्थ गरी सत्तामा आएका हुन्। 

सैनिक जर्नेलसमेत रहेका ओचाले राजनीतिक दलका क्रियाकलापहरुमा प्रतिबन्ध लगाइएकोमा प्रतिबन्ध फुकुवा गर्ने विषयमा आफूले विचार गरिरहेको पनि बताए। 

उनीमाथि निर्वाचन गरी नागरिकलाई सत्ता हस्तान्तरण गर्न ठूलो दबाब पर्दै आएको छ। हाल यहाँका राजनीतिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाइएकोले त्यसमा उनको आलोचना हुदै आएको छ।रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell