PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

दुुर्इ किलो अफिम र २२ किलो चरेशसहित राजधानीबाट दुई जना पक्राउ



सविन ढकाल

दुुर्इ किलो अफिम र २२ किलो चरेशसहित राजधानीबाट दुई जना पक्राउ

काठमाडौं :  प्रहरीले ठूलो परिमाणमा लागूऔषध अफिम र चरेससहित दुई जनालाई राजधानीबाट पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले २२ किलो चरेस र  दुुर्इ किलो अफिमसहित दुई जनालाई राजधानीबाट सोमबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ किरानचोकका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान छन्। 

उनीहरुको साथबाट प्रहरीले विभिन्न देशका मुद्रासमेत बरामद गरेको लागूऔषध नियन्त्रण व्यूरोका प्रमुख डिआइजी ठूले राईले जानकारी दिए।

उनीहरु लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell