
सोल : उत्तर कोरियाको कम्प्युटर ह्याकरले दक्षिण कोरियाका कम्प्युटरहरु ह्याक गरी महत्वपूर्ण सामग्रीहरु चोरेको आरोप लगाइएको छ।
चोरी गरिएका सामग्रीहरुमा कोरिया युद्धका समयमा भएका सैनिक एवम् सरकारी रणनीतिहरुका साथै युद्धसम्बन्धी संवेदनशील दस्ताबेजहरु पनि रहेको बताइएको छ।
कोरिया युद्धका समयमा दक्षिण कोरियाली सेनाले सैनिक अप्रेसनका समयमा बनाएका योजनाहरु सम्मिलित दस्ताबेजहरु पनि त्यसमा रहेका दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन्।
उत्तर कोरियाको ह्याकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरेको र त्यसबाट २३५ गिगा बाइट बराबरका अतिसम्वेदनशील तथ्यांकहरु चोरेको दक्षिण कोययाले जनाएको छ।
दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका सांसद रुचिल हीले कम्प्युटर ह्याक गरिएको सम्बन्धी जानकारी दिएका हुन्। रासस/एएफपी