PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भारतीय अपराधीले उतैको जेलबाट गर्छन् नेपालमा लागूऔषधको खेल



सविन ढकाल

भारतीय अपराधीले उतैको जेलबाट गर्छन् नेपालमा लागूऔषधको खेल

काठमाडौं : भारतीय जेलमा रहेका केही भारतीय अपराधीहरुले जेलभित्रबाट नै नेपालमा लागूऔषध कारोवार गर्ने गरेको खुल्न आएको छ। 

भारतीय नागरिक अनिशनारायण मुखिया, निशान सिंह, वकिले भनिने व्यक्तिहरुले केही समयदेखि नेपालीलाई प्रयोग गरी लागूऔषध कारोवार गरेको प्रहरीको अनुसन्धानमा खुलेको हो। उनीहरु केही समयदेखि भारतीय जेलमा लागूऔषध कारोवार र अन्य मुद्दामा सजायँ भुक्तान गरिरहेका व्यक्ति हुन्। 

लागूऔषध नियन्त्रण व्यूरोबाट प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो २२ किलो चरेस र दुई किलो अफिमसहित दुई जनालाई राजधानीबाट सोमबार पक्राउ गरेको हो। 

धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान लामो समयदेखि नेपालमा लागूऔषध कारोबार गर्ने गरेको व्यूरोका प्रमुख डिआइजी ठूले राईले बताए। 

‘नेपालमा लामो समयदेखि दुवैले कारोवार गरेको देखियो। करिब ४ महिनापछि पक्राउ गर्न सफल भयौँ’, उनले भने।

उनीहरुले अहिलेसम्म ठूलो परिमाणमा लागू औषधको कारोवार गरिसकेको डिआइजी राईले बताए। 

पक्राउ परेका दर्जबहादुर तामाङको कनेक्सन भारतीय जेलमा सजायँ कटाइरहेका व्यक्तिहरुसँग देखिएको एक अनुसन्धान अधिकृतले बताए। 
उनका अनुसार तामाङको कल डिटेलमा बारम्बार भारतीयसँग सम्पर्क रहेको देखिएको छ। भारतीय जेलबाट नै उनीहरुले फोनमार्फत् विभिन्न समयमा लागूऔषधको माग गर्थे। माग अनुसार लागूऔषधको परिमाण तयार पारी तामाङले भरियामार्फत् भारत पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको उनले बताए। 

पक्राउ परेका राजकुमार मोक्तान भने ‘न्यु चन्डी गेष्ट हाउस’ सञ्चालन गर्दै आएका छन्। उनले तामाङलाई लागूऔषधको कारोबारमा सहयोग गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। 


  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell