PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सिरियालाई हराउँदै अष्ट्रेलिया विश्वकपको प्लेअफमा



पहिलोपोस्ट

सिरियालाई हराउँदै अष्ट्रेलिया विश्वकपको प्लेअफमा

अष्ट्रियाले रसियामा अर्को वर्ष हुने विश्वकपका लागि प्लेअफमा स्थान बनाएको छ। एसियन छनोट अन्तर्गत अन्तिम प्लेअफ खेलमा सिरियालाई समग्रमा ३-२ ले पराजित गर्दै अष्ट्रेलिया प्लेअफमा छनोट भएको हो।

टिम काहिलले अतिरिक्त समयमा निर्णायक गोल गर्दै दोस्रो लेगमा २-१ को जित दिलाएपछि अष्ट्रेलिया विश्वकप नजिक पुगेको हो।

त्यसअघि ओमार अल सोमाहले गोल गर्दै पाहुना टोली सिरियालाई पहिले अग्रता दिलाएका थिए। तर टिम काहिलले व्यक्तिगत पहिलो गोल गर्दै खेल बराबरी गरेका थिए। अतिरिक्त समयमा मोहम्मउद मवासले रातो कार्ड पाएपछि सिरिया दश खेलाडीमा झरेको थियो।

सिरियामा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो।

अब अष्ट्रेलियाले उत्तर अमेरिकी क्षेत्रको अन्तिम चरणको छनोटमा चौथो स्थानमा रहने टोलीसंग विश्वकपमा स्थान बनाउन प्लेअफ खेल्नेछ।
एसियनबाट यसअघ नै इरान, जापान, दक्षिण कोरिया र साउदी अरेविया छनोट भइसकेका छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell