PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

नेपाल भाषाको फिल्म 'लाखे भाजु' बन्ने



पहिलोपोस्ट

नेपाल भाषाको फिल्म 'लाखे भाजु' बन्ने

काठमाडौं: नेपाल भाषाको फिल्म बन्ने भएको छ। मङ्गलबार कार्यक्रम आयोजना गरी 'लाखे भाजु' घोषणा गरिएको हो।

अभिनेत्री अशिष्मा नकर्मीको प्रस्तुती रहने फिल्म 'लाखे भाजु'मा आर्यन नकर्मीको लेखन तथा निर्देशनमा बन्ने भएको हो। एकवर्षको निर्माण तयारी पछि फिल्मको विश्वव्यापी रिलिज गर्ने निर्णय सहित फिल्म घोषणा भएको छ। जसको लागि नरेन्द्र महर्जन, गोपाल काजी कायस्थ साथै युरोपबाट चिजकुमार श्रेष्ठ, अमेरिकाबाट सुन्दर राजभण्डारी र बेलायतबाट दीपक श्रेष्ठले संयुक्त लगानी गरेका छन्।



प्रदिपकुमार उदयको परिकल्पनामा तयार हुन लागेको फिल्म बारे उदय भन्छन्,'यो संस्कृती विशेष फिल्म हो जसले नेवारी भाषासँगै मुल्य, मान्यता र संस्कृतीको प्रवर्द्धन गर्न सहयोग पुर्याउँछ।' फिल्ममा अशिष्माका बुवा मनराजा नकर्मीको संगीत रहनेछ भने सुसन प्रजीपतीले खिच्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell