PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सिन्धुपाल्चोकमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भोलीबाट हुँदै



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता भोलीबाट हुँदै

नवलपुर : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा पहिलोपटक जिल्लास्तरीय फुटबल प्रतियोगिता भोलि बुधबारबाट सुरु हुँदैछ। नवलपुर युनाइटेड क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता इन्द्रावती–५ स्थित ऐसेलुखर्क मैदानमा सञ्चालन हुनेछ।

आयोजक क्लबका अध्यक्ष चीन लामाका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र हात पार्नेछन् भने दोस्रो हुनेले १ लाख एक हजार रुपैयाँ, मेडल, कप, प्रमाणपत्र र तेस्रो हुने टीमले ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछन्।

सिन्धुपाल्चोक जिल्लामा हुन लागेकव यो जिल्लाकै सर्वाधिक नगद पुरस्कार राशीको फुटबल प्रतियोगिता हो। जिल्लामा भएका खेलाडीहरुको प्रतिभा निखार्न र राष्ट्रिय स्तरमा परिचित गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष लामाको भनाई छ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई १५-१ हजार तथा बेस्ट किपर र  बेस्ट डिफेन्डरलाई १०-१० हजार प्रदान गरिने छ।

गाउँपालिका अध्यक्ष वंशलाल तामाङले उद्घाटन गर्ने खेलको फाइनल भने लक्ष्मीपूजाको दिन कात्तिक ३ गते हुने आयोजकले जनाएको छ।

क्लबले यसअघि पनि लोसारको अवसर पारेर प्रथम क्षेत्रीय डब्लुटिएफ टुर्नामेन्ट आयोजना गरेको थियो। क्लबले त्यसभन्दा अघि दसैंको अवसरमा प्रथम ६ नम्बर इलाका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell