PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एमालेले भन्यो- निर्वाचन घोषित मितिमै हुनुपर्छ



पहिलोपोस्ट

एमालेले भन्यो- निर्वाचन घोषित मितिमै हुनुपर्छ

काठमाडौँ :  नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन घोषित मितिमै हुनुपर्ने बताएको छ । । 

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको स्थायी समितिको बैठकले सरकारले मन्त्रिमण्डल हेरफेर वा निर्वाचन मितिमा हेरफेर गर्ने तयारी वा षड्यन्त्र भएको आरोप लगाउँदै त्यस्तो कार्य भएमा लोकतन्त्रको हित विपरीत हुने जनाएको हो। 

बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले भने “हामी घोषित मितिमा निर्वाचन होस् भन्ने चाहन्छौँ, उम्मेदवारहरुको चयन कार्य भइरहेका बेला मिति सार्ने वा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि काम हाम्रो लागि मान्य हुने छैन।” 

आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तोकिएका छन्। सरकारमा रहेको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरे पनि केन्द्रका मन्त्री हटाई अन्य दलबाट नयाँ मन्त्री थप्ने तयारी भएको समाचार आइरहेको सन्दर्भमा बैठकले त्यसमा आपत्ति जनाएको हो। 

बैठकमा वाम तालमेलअन्तर्गत उम्मेदवारको बाँडफाँट र परिचालनका विषयमा पनि छलफल भएको थियो।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell