
बर्दियाः नेपाली कांग्रेसकी नेतृ डा आरजु देउवाको बर्दिया क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्वत सिफारिस भएको छ ।
नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ तथा जिल्ला कार्य समिति बर्दियाले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा देउवासहित किशोर राठौर, अरुण राठौर र मालती सोडरीको नाम सिफारिस गरेको हो।
त्यसैगरी समानुपातिकतर्फ नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको नाम सिफारिस गरेको नेपाली कांग्रेस बर्दियाले जनाएको छ।रासस