PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

लोकसेवाले गर्‍यो सहसचिव र उपसचिवको विज्ञापन, कुन समूहमा कति जनशक्ति माग? हेर्नुस् विज्ञापन

लोकसेवाले गर्‍यो सहसचिव र उपसचिवको विज्ञापन, कुन समूहमा कति जनशक्ति माग? हेर्नुस् विज्ञापन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः लोकसेवा आयोगले सहसचिव र उपसचिवको रिक्त दरवन्दी पदपूर्तिका लागि विज्ञापन गरेको छ। अायोगले खुला र आन्तरिक प्रतिस्पर्धाबाट ७८ सहसचिवको पदपूर्तिको दरखास्त आह्वान गरेको छ।

यस्तै, उपसचिवतर्फ २१५ जनाका लागि विज्ञापन गरेको हो। आयोगले बुधबार विज्ञापन प्रकाशन गरी कार्तिक १४ गतेभित्र आवेदन दिन सूचित गरेको छ। दोब्बर दस्तुरमा कार्तिक २१ गतेसम्म दरखास्त दिन सकिनेछ। 

आयोगले गरेको विज्ञापनमध्ये धेरै संख्या आन्तरिक प्रतिस्पर्धामा छ। प्रशासन सेवातर्फ खुला सहसचिवका लागि ३ जनाको मात्र कोटा निर्धारण गरिएको छ। आन्तरिक प्रतिस्पर्धामा १२ सिट तोकिएको छ। उपसचिवमा पनि प्रशासनको आन्तरिकतर्फ १८ जनाको कोटा सुनिश्चित छ। 

कर्मचारी समायोजन विधेयकले हाल रिक्त रहेका दरवन्दीमा पदपूर्तिको बाटो खोलेपछि आयोगले विज्ञापन गरेको हो।

आयोगले राजपत्राङ्कित प्रथम र द्धितीय श्रेणीको (प्राविधिक/अप्राविधिक) र स्वास्थ्य सेवातर्फका नवौँ र एघारौँ तहका लागि बुधबार विज्ञापन गरेको हो। 

हेर्नुस् विस्तृत विज्ञापन 
 


ट्रेन्डिङ पोस्ट

Ncell