PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

स्वीट्जरल्याण्डलाई हराउँदै पोर्चुगल विश्वकपमा



पहिलोपोस्ट

स्वीट्जरल्याण्डलाई हराउँदै पोर्चुगल विश्वकपमा

छनोट चरणअन्तर्गत समूहको अन्तिम तथा निर्णायक खेलमा स्वीट्जरल्याण्डलाई २-० ले पराजित गर्दै पोर्चुगल रसियामा हुने विश्वकपका लागि सिधै छनोट भएको छ। पोर्चुगलका लागि आन्द्रे शिल्भाले एक गोल गरे भने स्वीट्जरल्याण्डका जोहानले आत्मघाती गोल गरेका थिए।

यो खेलमा विजयी हुने राष्ट्र सिधै छनोट हुने थियो। स्वीस टोली बराबरी मात्र गरेको भएपनि समूह विजेता बन्दै सिधै छनोट हुने थियो।

तर पोचुर्गल विजयी भएपछि बराबर २७ अंक भएपनि गोल अन्तरमा स्वीसलाई पछि पार्दै पोर्चुगल सिधै छनोट भएको हो। स्वीट्जरलयाण्डले भने अब प्लेअफ खेल्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell