
फ्रान्स अर्को वर्ष रसियामा हुने विश्वकपको लागि छनोट हुँदा नेदरल्याण्ड्स भने छनोट हुन असफल भएको छ।
छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बेलारुसलाई २-१ ले पराजित गर्दै फ्रान्स सिधै छनोट भएको हो। फ्रान्सको लागि एन्टोन ग्रिजमन र ओलिभर जिरुडले गोल गरे। बेलारुसका लागि एन्टोन सारोकाले एक गोल फर्काए।
यस्तै अर्को खेलमा स्वीडेनलाई २-० ले हराए पनि फ्रान्स र स्वीडेनभन्दा पछाडि तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्स विश्वकपमा छनोट हुन सकेन।