PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

फ्रान्स विश्वकपमा, नेदरल्याण्ड्स बाहिरियो



पहिलोपोस्ट

फ्रान्स विश्वकपमा, नेदरल्याण्ड्स बाहिरियो

फ्रान्स अर्को वर्ष रसियामा हुने विश्वकपको लागि छनोट हुँदा नेदरल्याण्ड्स भने छनोट हुन असफल भएको छ।

छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बेलारुसलाई २-१ ले पराजित गर्दै फ्रान्स सिधै छनोट भएको हो। फ्रान्सको लागि एन्टोन ग्रिजमन र ओलिभर जिरुडले गोल गरे। बेलारुसका लागि एन्टोन सारोकाले एक गोल फर्काए।

यस्तै अर्को खेलमा स्वीडेनलाई २-० ले हराए पनि फ्रान्स र स्वीडेनभन्दा पछाडि तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्स विश्वकपमा छनोट हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell