PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कांग्रेसले आज ११ सदस्यीय संसदीय बोर्ड गठन गर्दै, को को हुँदैछन् सदस्य? 



रमेश वाग्ले

कांग्रेसले आज ११ सदस्यीय संसदीय बोर्ड गठन गर्दै, को को हुँदैछन् सदस्य? 

काठमाडौं : नेपाली कांग्रेसको संसदीय बोर्ड गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। निर्वाचनमा टिकट बाँडफाँड गर्नेसमेत जिम्मेवारी पाएको बोर्ड अहिलेसम्म गठन भएको छैन। बुधबार साँझसम्म बोर्ड गठनको तयारी भएको छ। ११ सदस्यीय बोर्डका सम्भावित नाम तय भइसकेका छन्।

बोर्डमा रामचन्द्र पौडेल पक्षलाई पाँच सदस्य दिइएको छ। भने, सभापति देउवा पक्षले चार सदस्य पाएको छ। खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला समूहलाई दुई सदस्य रहने गरी सदस्य बाँडफाँट भएको छ।

पौडेल समूहबाट पौडेलसहित, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता प्रकाशमान सिंह र रामशरण महतले बोर्डमा प्रतिनिधित्व गर्ने करिव निश्चित भएको छ।

यस्तै, देउवा समूहबाट देउवासहित विमलेन्द्र निधि, गोपालमान श्रेष्ठको नाम निश्चित भइसकेको छ। अन्य एक सदस्यमा चित्रलेखा यादव, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का वा बालकृष्ण खाँड, डा . प्रकाशशरण महतमध्ये एक नाम सिफारिसको तयारी छ।

खुमबहादुर खड्का र सिटौला समूहबाट भने खड्का र सिटौला स्वयंमले प्रतिनिधित्व गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell