
कोस्टारिकालाई पराजित गर्दै पानामा रसियामा हुने विश्वकपकाे छनोट हुँदा अमेरिका भने असफल भएकाे छ।
छनोटअन्तर्गत अन्तिम खेलमा कोस्टारिकालाई ३-१ ले पराजित गर्दै पानामा उत्तर अमेरिकी क्षेत्रबाट तेस्रो स्थानमा रहदै विश्वकपमा छनोट भएको हो।
यता ट्रिनिडाड एण्ड टोबागोसँग २-१ ले हारेपछि अमेरिकाकाको छनोट हुने सम्भावना सकिएको हो।
उत्तर अमेरिकी क्षेत्रबाट मेक्सिको, कोस्टारिका र पानामा सिधै विश्वकपमा छनोट भएको हो। होण्डुरोसले भने एसियन राष्ट्र अष्ट्रेलियासँग दुई लेगको प्लेअफ खेल्नेछ।