PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

पानामा पहिलो पटक विश्वकपमा प्रवेश, अमेरिका बाहिरियो



पहिलोपोस्ट

पानामा पहिलो पटक विश्वकपमा प्रवेश, अमेरिका बाहिरियो

कोस्टारिकालाई पराजित गर्दै पानामा रसियामा हुने विश्वकपकाे छनोट हुँदा अमेरिका भने असफल भएकाे छ।

छनोटअन्तर्गत अन्तिम खेलमा कोस्टारिकालाई ३-१ ले पराजित गर्दै पानामा उत्तर अमेरिकी क्षेत्रबाट तेस्रो स्थानमा रहदै विश्वकपमा छनोट भएको हो।

यता ट्रिनिडाड एण्ड टोबागोसँग २-१ ले हारेपछि अमेरिकाकाको छनोट हुने सम्भावना सकिएको हो।

उत्तर अमेरिकी क्षेत्रबाट मेक्सिको, कोस्टारिका र पानामा सिधै विश्वकपमा छनोट भएको हो। होण्डुरोसले भने एसियन राष्ट्र अष्ट्रेलियासँग दुई लेगको प्लेअफ खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell