२१औँ संस्करणको विश्वकप फुटबल अर्को वर्ष रसियामा हुँदैछ। छनोट चरणका खेलहरु लगभग अन्त्यतिर पुगिरहँदा विश्वकपमा स्थान सुरक्षित गर्ने होडबाजी नै चलेको छ। कूल ३२ राष्ट्रले खेल्ने विश्वकपका लागि अहिलेसम्म आयोजक रसियासहित २३ राष्ट्र छनोट भइसकेका छन्।
रसियाले छनोट नखेली सिधै विश्वकपमा स्थान बनाएको हो भने बाँकी २२ टिमले छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन्। आइसल्याण्ड छनोट चरण पार गर्दै पहिलोपटक विश्वकपका लागि छनोट भएको छ। अब विश्वकपका लागि युरोपबाट ४, अफ्रिकाबाट ३ तथा अन्तरमहादेशीय प्लेअफबाट २ गरी कूल ९ राष्ट्र छनोट हुन बाँकी छन्।
कुन महादेशबाट कति राष्ट्र छनोट
अहिलेसम्म युरोपबाट आयोजक रसियासहित सर्वाधिक १० राष्ट्र छनोट भइसकेका छन् भने एसिया र दक्षिण अमेरिकाबाट ४-४, उत्तर अमेरिकाबाट ३ तथा अफ्रिकाबाट २ राष्ट्र छनोट भएका छन्।
युरोप: रसिया, बेल्जियम, जर्मनी, इंगल्याण्ड, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, अष्ट्रिया, फ्रान्स, पोर्चुगल
एसिया: इरान, जापान, दक्षिण कोरिया, साउदी अरेविया
अफ्रिका: नाइजेरिया, इजिप्ट
उत्तर अमेरिका: मेक्सिको, कोस्टारिका, पानामा
दक्षिण अमेरिका: ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्विया
