PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

गोली प्रहारबाट सुन व्यापारीको हत्या



पहिलोपोस्ट

गोली प्रहारबाट सुन व्यापारीको हत्या

सर्लाही: सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ।

मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनील साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो।

मृतकका पिता नागेन्दर साहका अनुसार साँझ पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका तीन/चार जनाको समूहले मोटरसाइकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुटन खोजेका थिए।

सर्लाही प्रहरीका अनुसार प्रतिकार गर्न खोज्दा लुटेराले सुनीलको च्यापुमुनि गोली हानी हत्या गरी मृतकका पिताको झोलामा रहेको नगद तथा सुन, चाँदीसमेत लिएर फरार भएका छन्।

गम्भीर घाइते साहलाई सर्लाही जिल्ला अस्पताल पुर्‍याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो। घटनाको विषयमा अनुसन्धानका लागि फरार समूहको खोजीलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell