PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

तेह्रथुमकाे आठराई विकासका लागि १५ वर्षे गुरुयोजना



पहिलोपोस्ट

तेह्रथुम : जिल्लाको आठराई गाउँपालिका विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ। 

आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना तथा भौतिक योजना निर्माण गरिएको हो। 

बजारलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने, खानेपानी तथा ढल व्यवस्थापन, होमस्टे निर्माणको अवधारणालगायतका योजना गुरुयोजनाको मुख्य उद्देश्यमा रखेका छन्। 


सुक्खायाममा आकाशेपानी संकलन, विद्युत्लाइन विस्तार, प्राविधिक शिक्षालय, कृषि संकलन तथा दूध चिस्यान केन्द्र, हाटबजार क्षेत्रको व्यवस्थापनका साथै बस्ती विकास र भवन निर्माणका मापदण्ड गुरुयोजनामा रहेको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए। 

संक्रान्ति बजारको पूर्वी क्षेत्रमा रहेको याकुम्बा गढीलाई पर्यटकीय गन्तव्य बनाइने भएको छ। गढीमा पर्यटक विश्रामस्थलसहितको भ्यू टावर निर्माणका लागि भौतिक योजना तथा सहरी विकास शाखामा निर्णय गरी पठाइएको गाउँपालिकाका अध्यक्ष लिम्बूले थपे। 

भौतिक विकास योजना निर्माणका लागि एडिए कन्सल्टेन्सीका विज्ञ मिलन बगाले र किरण जोशीसहितका सरोकारवाला र स्थानीयको सहभागितामा योजना तयार पारिएको हो । 

गुरुयोजनाका उद्देश्यलाई गाउँपालिकाले समेत प्राथमिकतामा राख्ने बताइएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell