PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

सिटौलाको निर्वाचन क्षेत्र राप्रपालार्इ दिइएको छैन् : कांग्रेस



पहिलोपोस्ट

सिटौलाको निर्वाचन क्षेत्र राप्रपालार्इ दिइएको छैन् : कांग्रेस

झापा : झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा कांग्रेसले जनाएको छ। 

झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने हल्ला चलाइए पनि निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताएको छ। 

थापाले पत्रकारसँग मंगलबार कुराकानी गर्दै सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट नै प्रत्यक्षतर्फ प्रतिनिधि सभाको चुनाव लड्ने दाबी गरेका हुन्। 

कांग्रेस पूर्वमहामन्त्री सिटौलाले कुराकानी गर्दै गठबन्धनमा सहभागी हुन चाहनेले माग राख्नु स्वभाविक भए पनि कार्यदलको बैठकले झापाको क्षेत्र नम्बर ३ राप्रपालाई छाड्ने विषयमा निर्णय नगरेको बताए। 

कांग्रेसका उम्मेदवार छनोट गर्ने र टिकट वितरण गर्ने संसदीय बोर्ड नै गठन नभएको अवस्थामा क्षेत्र नै छाडेको भनेर चलाइएको हल्लाको भ्रममा नपर्न सिटौलाले आम मतदातालाई अपिल गरेका छन्। 

२०५० सालको उपनिर्वाचन, २०५६ को आमनिर्वाचन र २०७० को संविधान सभा निर्वाचनमा सिटौला झापा क्षेत्र नम्बर ३ बाट लगातार तीनपटक निर्वाचित भएको थियो। 

लोेकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि नेपाली कांग्रेसलाई गणतान्त्रिक बाटोमा लैजान र विद्रोही माओवादीलाई १२ बुँदे सहमति गर्दै विस्तृत शान्ति प्रक्रियामा ल्याउन सिटौलाले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। 

राष्ट्रिय राजनीतिमा सिटौलाले निर्वाह गरेको महत्वपूर्ण भूमिका र स्थानीय विकास निर्माणमा र झापाको विकासमा सिटौलाले पुर्‍याएको योगदानलाई जनताले कहिल्यै भुल्न नसक्ने ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले बताए। 

झापा कांग्रेसले सिटौलालाई जोडेर चलाइएको हल्लाको भ्रममा नपर्न आम झापाली मतदातालाई अपिल गरेको छ। सिटौलालाई जिल्ला समितिले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर ३ को सर्वसम्मत उम्मेदवारमा केन्द्रीय समितिमा नाम सिफारिस गरिसकेको छ। 

को हुन् लिङ्देन?

पञ्चायतकालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमार्फत विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गरेका लिङ्देन राप्रपा नेपालको केन्द्रीय सदस्य हुँदै हाल राप्रपाको महामन्त्री हुन। 

२०६१ मा राजाले सत्ता आफ्नो हातमा लिएपछि लिङ्देन जिविस झापा सभापतिमा मनोनित भएका थिए। 

२०७० सालको संविधान सभा निर्वाचनमा झापा क्षेत्र ३ बाट तत्कालीन कांग्रेस महामन्त्री सिटौलाले १४ हजार मत ल्याई विजयी भएको थियो भने लिङ्देन नौ हजार मत ल्याएर सिटौलाका निकटतम प्रतिस्पर्धीमा एमालेलाई पछि पार्दै स्थापित भएका थिए। 

झापा जिविसको मनोनीत सभापति हुँदा र राप्रपाले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा लिङ्देनले झापाको दक्षिणी क्षेत्रको विकास निर्माणमा अधिकतम बजेट विनियोजन गराएकाले लिङ्देन त्यस क्षेत्रमा लोकप्रिय नेता मानिन्छ। महामन्त्री लिङ्देनलाई राप्रपा झापाले क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ। 

को हुन् पुष्प? 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले)बाट राजनीति प्रारम्भ गरेका र भद्रपुर नगरपालिकाको प्रमुख हुँदै २०५१ को मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको सांसदमा चुनाव जितेका पुष्प पोखरेल सो क्षेत्रका मतादाताका बीच स्थापित नाम हो। 

प्राय: नेपाली कांग्रेस र नेकपा (एमाले)का बीच कडा प्रतिस्पर्धा हुँदै आएको सो क्षेत्रमा २०७० को संविधान सभाको निर्वाचनमा भने एमाले तेस्रो स्थानमा पुगेको थियो। 

पोखरेललाई नेकपा एमाले ३ नम्बर क्षेत्र र जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिसकेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell