PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

बलिउड फिल्मको नेपालमा सुटिङ, अनुमति नपाएर होल्डमा



पहिलोपोस्ट

बलिउड फिल्मको नेपालमा सुटिङ, अनुमति नपाएर होल्डमा

काठमाडौं : बलिउड फिल्म 'सन्दिप ‍और पिंकी फरार'को केही प्लट नेपालमा छायांकन गर्नका लागि युनिटले अनुमती मागेको थियो। बैतडी जिल्ला प्रशासनसँग मागेको अनुमति अहिले होल्डमा छ। गृह मन्त्रालयसँग अनुमति माग्न पर्ने जनाउँदै उक्त पत्र मन्त्रालय पठाइएको हो। बैतडीको झुलाघाटमा फिल्म खिचिने भएको हो।

दिवाकर बनर्जीको निर्देशनमा बन्न लागेको फिल्मको छायांकनका लागि अनुमति माग्दै निर्माण कम्पनी यशराज फिल्मसले बैतडी जिल्ला प्रशासनलाई पत्रचार गरेको थियो। बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार झुलाघाटको झोलुङगे पुलमा फिल्म सुटिङको लागि अनुमती मागिएको छ।

आदित्य चोपडाको निर्माणमा बन्ने फिल्ममा भारतका दुई बिल्कुल फरक जातका युवा युवतीको प्रेम विवाह देखाइन्छ। जसमा पात्रहरु भागेर विवाह गर्छन् र नेपाल र भारत सिमानामा रहेको पुल वरपर पुग्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell