
भक्तपुर : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरबाट नेकपा माओवादी केन्द्रले उम्मेदवारका आकांक्षीको नाम सिफारिश गरेको छ।
भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टीका जिल्ला संयोजक डिपी ढकाल र सहइन्चार्ज सुरेश न्यौपानेको नाम सिफारिश भएको माओवादी केन्द्र जिल्ला कमिटीले जानकारी दिएको छ।
त्यस्तै, क्षेत्र नं २ मा नयाँशक्ति पार्टीबाट माओवादी केन्द्र प्रवेश गरेका जुजुभाई राजथला र ओम वाग्लेको नाम सिफारिस गरिएको छ।
त्यसैगरी, प्रदेशतर्फ क्षेत्र नं १ को प्रदेश क्षेत्र नं १ मा प्रत्यक्षतर्फ मिलन सुवाल, सुनिल वासु गोठे, साजन सिजापति र तुलसीभक्त सुवालको नाम सिफारिश भएको छ।
प्रदेश क्षेत्र नं २ मा दिलीपकुमार प्रजापति, कृष्णलाल गोजाश्रेष्ठ र बालकृष्ण दुगुको नाम सिफारिश भएको छ।
यता निर्वाचन क्षेत्र नं २ को प्रदेश क्षेत्र नं १ मा राजेन्द्र कार्की, सानुकान्छा आलेमगर, दीपक न्यौपाने र प्रदेश क्षेत्र नं २ मा सुदर्शन पराजुली, रामशरण दाहाल, शंकर पोखरेल र कान्छा तामाङको नाम सिफारिश भएको कमिटीले जानकारी दिएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ भने देवेन्द्र श्रेष्ठ, उर्मिला श्रेष्ठ, ओमचरण अमात्य, उमा कपाली, भावना श्रेष्ठ, कृष्णहरि सैंजू, विरु तामाङ सुदीप, राजकुमार हेङमाङ, बबिता प्रजापति, सरिता सुवाल, सुचित्रा श्रेष्ठ, शान्तराम भट्टराई, दिलकृष्ण श्रेष्ठ, सानुकान्छा आलेमगर र अञ्जु न्यौपानेलगायतको नाम सिफारिश भएको छ।
उम्मेदवारीका लागि आकांक्षीको नाम पार्टीको केन्द्रमा पेश गरे पनि वाम तालमेलअनुसार शीर्षस्थ तहबाट गरिने निर्णयलाई नै अन्तिम निर्णय मानेर चुनावी कार्यक्रममा लाग्ने जिल्ला संयोजक डिपी ढकालले जानकारी दिए।रासस