PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

बर्दिबासमा फैलिंदै डेंगुको संक्रमण, पाँच जनाबाट सुरु भएको डेंगु ९८ जनामा देखियो



पहिलोपोस्ट

बर्दिबासमा फैलिंदै डेंगुको संक्रमण, पाँच जनाबाट सुरु भएको डेंगु ९८ जनामा देखियो

गौशाला : महोत्तरीको बर्दिबासमा पाँचजनाबाट सुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ। 

जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले गतसाता बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा पाँचजनामा फेला परेको डेंगु रोग अहिले बर्दिबासका ९८ जनामा देखापरिसकेको जानकारी दिए। 

ती मध्ये ८० जना महोत्तरीका र अन्य १८ जना सिन्धुली, सर्लाही र धनुषाका छन्। 

यसरी दुई साताअघि पाँचजनाबाट सुरु भएको डेंगु रोग १०० जना करिब पुग्न लागेको र महामारीकै रुप लिन लागेको देखेर स्थानीय त्रसित भएका छन्। 

यसैबीच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि किटकोसमेत अभाव भएपछि स्थानीयमा थप डर पैदा भएको छ। 

यता जिल्ला स्वास्थ्य कार्यालय र बर्दिबास इलाका प्रशासन कार्यालय, बर्दिबास नगरपालिका तथा स्थानीय नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नुका साथै रोगको कीटाणु र लार्भा मार्न औषधि छर्किने कार्यलाई निरन्तर दिंदै आएका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell