PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

गौचनका हत्यारालाई कारबाहीको माग गर्दै व्यवसायीले गरे विरोध प्रदर्शन, सुरक्षाको माग



पहिलोपोस्ट

गौचनका हत्यारालाई कारबाहीको माग गर्दै  व्यवसायीले गरे विरोध प्रदर्शन, सुरक्षाको माग

काठमाडौँ :  नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ। 

महासंघमा आवद्ध पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा गौचनका आफन्तजनले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा सहभागीहरुले गौचनलाई शहिद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्नेलगायतका माग राखेका छन्। 

महासंघले यसअघि गौचनको हत्यारालाई तत्काल खोजी कारबाही गर्नुपर्ने माग राखी प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरुसँग भेट गरिसकेका छन्। 

महासंघका महासचिव रामशरण देउजाले अध्यक्षको हत्यासँगै नाम नखुल्ने नम्बरबाट अन्य व्यवसायीलाईसमेत फोन आउन थालेको भन्दै व्यवसायीको सुरक्षाका लागि सरकारसँग आग्रह गरे। 

अध्यक्ष गौचनको हत्यारालाई पक्राउ नगरेसम्म शव नबुझ्ने महासंघ तथा उनको परिवारले बताएको छ। अध्यक्ष गौचनको सोमबार अपरान्ह ३ बजेतिर नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell