PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

दुई गोल गर्दा पनि नेदरल्याण्ड्स विश्वकपमा नछानिएपछि रोबेनेले लिए सन्यास



पहिलोपोस्ट

दुई गोल गर्दा पनि नेदरल्याण्ड्स विश्वकपमा नछानिएपछि रोबेनेले लिए सन्यास

नेदरल्याण्ड्स फुटबल टोलीका कप्तान आर्जेन रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

विश्वकपको युरोपेली छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्वीडेनलाई २-० ले पराजित गरेपनि विश्वकपकमा छनोट हुन नसकेपछि उनले सन्यासको घोषणा गरेका हुन्।

स्वीडेन विरुद्ध दुवै गोल रोबेनले नै गरेका थिए।

छनोटमा फ्रान्स समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भयो भने, नेदरल्याण्ड्ससँग हारेको स्वीडेन दोस्रो हुँदै प्लेअफका लागि छानिएको छ।

जर्मन क्लब वायर्न म्युनिखबाट खेल्ने ३३ वर्षीय फरवार्ड रोबेनले सन्यासको घोषणा गर्दै भने, 'यो निर्णय गर्नु पक्कै सजिलो थिएन तर म ३३ वर्ष भइसके र अब क्लबमै केन्द्रीत हुनेछु।'

रोबेनले सन् २००३ मा डच टोलीका लागि डेब्यु गरेका थिए। उनले नेदरल्याण्ड्सका लागि ९६ खेल खेल्दै ३७ गोल गरेका छन्।

उनी डेनिस वर्गक्याम्ससँगै नेदरल्याण्ड्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell