
काठमाडौँ : सप्तरीकाे सुरुङ्गा नगरपालिकास्थित त्रियुगा डिस्ट्रिलरीका सुरक्षागार्डमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो।
मंगलबार साँझ ७ बजेतिर अज्ञात समूहले डिस्ट्रिलरीका सुरक्षागार्ड मोरङ सुन्दर हरैचा नगरपालिका–६ का २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेको थियो।
गोली लागेर घाइते भएका कोइरालालाई लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थल आसपासको क्षेत्रलाई घेरा हाली चेकजाँच थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।