PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

कपिलवस्तुबाट नयाँ शक्तिले गर्‍यो उम्मेदवार सिफारिस 



पहिलोपोस्ट

कपिलवस्तुबाट नयाँ शक्तिले गर्‍यो उम्मेदवार सिफारिस 

कपिलवस्तु :  आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुबाट नयाँ शक्ति पार्टीले उम्मेदवार सिफारिस गरेको छ। 

तीन प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा क्षेत्र रहेको जिल्लामा पार्टीको छैटौँ जिल्ला सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ क्षेत्र नं १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र रामलौटन तिवारी, क्षेत्र नं २ मा इन्द्रमणि पौडेल र क्षेत्र नं ३ मा इलियास मुसलमानलाई सिफारिश गरेको छ। 

त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा मेघनाथ पौडेल र (ख) मा सुरेन्द्र तिवारी, क्षेत्र नं २ को (क) मा सन्तोष पाण्डे, (ख) मा राजेन्द्रमणि पाठक, क्षेत्र नं ३ को (क) मा मसहुद खां नेपाली, (ख) मा देवबहादुर भुसाललाई सिफारिश गरिएको छ। 

त्यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ जिल्ला संयोजक नारायण खनाल, विष्णुहरि शर्मा, अब्दुल मोबिन मुसलमान, कुञ्ज विहारी चौधरी र मोहम्मद तौफिक खाँको नाम सर्वसम्मत रुपमा सिफारिश गरिएको पार्टी जिल्ला संयोजक नारायण खनालले जानकारी दिए। 

यता प्रदेश सभाको समानुपातिकतर्फ क्षेत्र नं १ मा चोपलाल राहुल, इन्द्रमणि चौधरी र विन्द्रावती तिवारी, क्षेत्र नं २ तर्फ आत्माराम पौडेल र छविलाल हरिजन, क्षेत्र नं ३ तर्फ मोहम्मद इस्हाक र मुकुट यादवको नाम सर्वसम्मत सिफारिश गरेको खनालले बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell