PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

इनास अवार्डको पाँचौ स‍ंस्करण, २० विधाका ३ मनोनयन सार्वजनिक



पहिलोपोस्ट

इनास अवार्डको पाँचौ स‍ंस्करण, २० विधाका ३ मनोनयन सार्वजनिक

काठमाडौं: अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आयोजना गर्दै आएको 'इनास फिल्म अवार्ड'को मनोनयन सार्वजनिक भएको छ। फरक २० विधाका लागि ३ फिल्म वा फिल्मकर्मी चयन भएका छन्।

अवार्ड कार्यक्रम आउँदो असोज २७ गते आउँदो शुक्रवार राष्ट्रिय सभागृहमा हुनेछ।

अवार्डका लागि बाडिने २०७३ साल असारदेखि २०७४ सालको असा सम्म प्रदर्शनमा आएका फिल्महरुलाई सहभागी गराइएको छ। इनास अवार्ड वितरण समारोहका लागि ६५ देशका प्रतिनिधि सहभागी हुने बताइएको छ। अवार्डको यो पाँचौ संस्करण हो।

यस्तो छ हरेक विधाका लागि ३ मनोनयन:

१. उत्कृष्ट फिल्म

छक्का पञ्जा
जात्रा डाइङ
क्यान्डल

२. उत्कृष्ट निर्देशक

बिर विक्रम- मिलन चाम्स
जात्रा- प्रदिप भट्टराइ
छक्का पञ्जा- दीपाश्री निरौला

३. उत्कृष्ट नायक

विपिन कार्की- जात्रा
दयाहाङ राइ- विर विक्रम
दीपकराज गिरी-छक्का पञ्जा

४. उत्कृष्ट नायिका
श्रृजना सुब्बा- डाइङ क्यान्डल
स्वस्तिमा खड्का-लभ लभ लभ
प्रियंका कार्की- छक्का पञ्जा

५. उत्कृष्ट सह– अभिनेत्री

वर्षा राउत- छक्का पञ्जा
मेनुका प्रधान- पुरानो डुङ्गा
प्रमिता राणा- चपली हाइट २

६. उत्कृष्ट सह–अभिनेता

सरोज खनाल- म यस्तो गीत गाउँछु
माओत्से गुरुङ- पुरानो डुङ्गा
अनिता खड्का- घामपानी

७. नव– निर्देशक

दीपेन्द्र लामा- घामपानी
दीपाश्री निरौला- छक्का पञ्जा
प्रदिप भट्टराइ- जात्रा

८. उत्कृष्ट नव–नायक

सुरज पाण्डे- लभ लभ लभ
आयुष्मान देशराज जोशी- चपली हाइट २
पृथ्वीराज प्रसाइ- किस्मत २

९. उत्कृष्ट नव– नायिका

दीया पुन- विर विक्रम
नम्रता श्रेष्ठ- गाँठो
ज्योत्सना योगी- म त तिम्रै हुँ

१०. उत्कृष्ट खलपात्र

सौगात मल्ल- लूट २
अर्पण थापा- विर विक्रम
कामेश्वर चौरासिया- पलाँस

११. उत्कृष्ट हाँस्य कलाकार

केदार घिमिरे- छक्का पञ्जा
राजाराम पौडेल- म यस्तो गीत गाउँछु
विपिन कार्की- लूट २

१२. उत्कृष्ट लेखक–पटकथा

दीपकराज गिरी- छक्का पञ्जा
दीपेन्द्र लामा- घामपानी
नरेश केसी- डाइङ क्यान्डल

१३. उत्कृष्ट सम्पादक

सुरेन्द्र पौडेलः लूट २
विपिन मल्लः छक्का पञ्जा
मित्र गुरुङः जात्रा

१४. उत्कृष्ट छायांकार

पुरुषोत्तम प्रधान- छक्का पञ्जा
दीपांकर सिग्देल र रोविन आचार्य- डाइङ क्यान्डल
पुरुषोत्तम प्रधान- लूट २

१५. उत्कृष्ट संगीतकार

अर्जुन पोखरेल- भन्छु आज(म यस्तो गीत गाउँछु)
राजनराज सिवाकोटी- पूर्व पश्चिम रेल(छक्का पञ्जा)
कालिप्रसाद बाँस्कोटा- निर जहिले रिसाउने(पुरानो डुङ्गा)

१६. उत्कृष्ट गीतकार

दयाराम पाण्डे- पलाँस
किरण खरेल- किस्मत २
शान्तिप्रिय- छक्का पञ्जा

१७. उत्कृष्ट गायक

ताराप्रकाश लिम्बु- विर विक्रम
कालिप्रसाद बास्कोटा- पुरानो डुङ्गा
सुगम पोखरेल- म यस्तो गीत गाउँछु

१८. उत्कृष्ट गायिका

अन्जु पन्त- छक्का पञ्जा
अन्जु पन्त- छक्का पञ्जा
मिना निरौला- लूट २

१९. उत्कृष्ट नृत्य निर्देशक

कविराज गहतराज- छक्का पञ्जा
कविराज गहतराज- म यस्तो गीत गाउँछु
विक्रम स्वार- लूट २

२०. उत्कृष्ट द्धन्द्ध निर्देशक

राजकुमार उप्रेती- लूट २
चन्द्र पन्त- किस्मत २
सानुकुमार महर्जन- पलाँस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell