PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

अभिनेत्री रेखा थापा चडेको कार दुर्घटना



पहिलोपोस्ट

अभिनेत्री रेखा थापा चडेको कार दुर्घटना

काठमाडौं : अभिनेत्री रेखा थापाको कार दुर्घटनामा परेको छ। बुधबार अपराह्न १२ बजे चाबहिलमा उनी आफैले चलाएकाे कारलाई ट्रकले ठक्कर दिएको हो। कार उनी आफैले चलाएकी थिइन्।

गोपीकृष्ण मुभिजको कार्यालय सरस्वतिनगरबाट अन्तरवार्ता दिएर उनी बस्दै आएको अम्बे अपार्टमेन्ट फर्कने क्रममा उनी दुर्घटनामा परेकी हुन्। दुर्घटनामा परेर थापा सवार गाडीमा क्षति भए पनि उनी सकुशल छिन्। हाल थापा र ठक्कर दिने ट्रक चालक अनुसन्धनका लागि गौशला प्रहरी वृत्तमा छन्।

उनी सवार कारलाई मालबहाक ट्रकले ठक्कर दिएको महानगरिय प्रहरी वृत्त गौशलाका प्रहरी निरिक्षक राजकुमार कार्कीले बताए। उनले भने,'गाडी र मान्छेको अवस्था सामान्य छ। गाडीको दाहिने पाटो केही कोरिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell