PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रण बाहिर, १५ जनाको मृत्यु, १८० बेपत्ता



पहिलोपोस्ट

क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रण बाहिर, १५ जनाको मृत्यु, १८० बेपत्ता

लस एन्जेलस :  अमेरिकाको क्यालिफोर्निया राज्यको अंगुर बगानमा लागेको डढेलो बस्तीतिर छिरेपछि यसबाट ठूलो जनधनको क्षति पुगेको छ। 
आइतबार रातिदेखि लागेको डढेलोमा परी १५ जनाको मृत्यु भएको छ भने कैयौँ हराइरहेका छन्। क्यालिफोर्नियाको करिब ५० हजार हेक्टर क्षेत्रफलमा डढेलो सल्किएको छ। 

राज्यका विभिन्न २४ स्थानबाट डढेलो सुरु भएको थियो। डढेलो अहिले सबैजसो जंगलमा फैलिएको छ। डढेलोका कारण करिब २५ हजार बासिन्दालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ। 

अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो। आगलागीमा परी कम्तीमा पनि दुर्इ हजार घर जलेका छन्। त्यसमा व्यापारिक भवन पनि रहेका छन्। 

क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र १० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। अहिले पनि डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन सकिरहेको छैन ।

अग्निनियन्त्रक, स्थानीय तथा सेनाले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन्। तर डढेलो भने नियन्त्रणमा लिन सकिएको छैन। 

यसैबीच प्राप्त एक पछिल्लो समाचार अनुसार आगलागीमा परी हराएका भनिएकामध्ये ५७ जना स्थानीयबासी भेटिएका छन्।

अगलागीमा परी अझै पनि १८० जना मानिस हराएका छन्। उनीहरुको खोजी कार्य पनि जारी रहेको उद्वारकर्मीहरुले जानकारी दिएका छन्। रासस/सिन्ह्वा 

  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell