PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कांग्रेसले मेयर जिताइदिएको चितवनमा माओवादीले दियो एमालेलाई भोट, जिसस प्रमुख र उपप्रमुखमा एमाले



राजेन्द्र आचार्य

कांग्रेसले मेयर जिताइदिएको चितवनमा माओवादीले दियो एमालेलाई भोट, जिसस प्रमुख र उपप्रमुखमा एमाले

चितवन : जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचित भएका छन्। त्यस्तै उप-प्रमुखमा पनि नेकपा एमाले कै मुना कुमारी श्रेष्ठ विजयी भएकी छन्।

बुधबार भएको जिससको निर्वाचनमा नेपाली कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी निर्वाचित भएका हुन्। डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी अधिकारीले ३ मत ल्याएका हुन्। त्यस्तै नेपाली कांग्रेसकी टीका दाहाललाई पराजित गर्दै मुनाकुमारी श्रेष्ठ विजयी भएकी हुन् । उनले ११ मत प्राप्त गर्दा दाहालले ३ मत प्राप्त गरेकी छन्।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवनको ७ वटा तहको प्रमुख, उपप्रमुख मध्ये ९ जना एमालेका तर्फबाट विजयी भएका थिए भने नेपाली कांग्रेसका ३ जना र माओवादी केन्द्रका २ जना विजयी भएका थिए।

माओवादी केन्द्रका २ जना मेयरले जिससको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरेका थिए। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले एमालेका उम्मेदवारहरुलाई मतदान गरेका हुन्।

दाहाल कांग्रेसको सहयोगमा भरतपुर महानगरपालिकामा मेयर निर्वाचित भएकी थिइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell