PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

भाषा आयोग विधेयक पारित गर्न संसदले गर्‍यो नियमावली १२७ को उपनियम  एक निलम्वन



पहिलोपोस्ट

भाषा आयोग विधेयक पारित गर्न संसदले गर्‍यो नियमावली १२७ को उपनियम  एक निलम्वन

काठमाडौं :  व्यवस्थापिका संसदले भाषा आयोग विधेयक पारित गर्न संसदको नियमावलीको उपनियम निलम्बन गरेको छ।

आज बसेको संसद बैठकले व्यवस्थापिका–संसद् नियमावली १२७ को उपनियम एकलाई बहुमतले निलम्बन गरेको हो। 

व्यवस्थापिका–संसद्को बैठकले भाषा आयोग विधेयक, २०७३ लाई असोज २७ गतेभित्र पारित गर्न आवश्यक भएकाले सो नियमावलीलाई निलम्बन गरेको हो । 

निलम्बनसम्बन्धी प्रस्तावलाई बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्तुत गरेका थिए भने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्माले समर्थन गरेकी थिइन्। 

व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि दिउँसो एक बजे डाकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell