A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9235ef0b04f1.74277783): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9235ef0b04f1.74277783,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

डा. केसी र सरकारबीच विवादित चिकित्सा विधेयकमा सहमति
PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

डा. केसी र सरकारबीच विवादित चिकित्सा विधेयकमा सहमति



सागर बुढाथोकी

डा. केसी र सरकारबीच विवादित चिकित्सा विधेयकमा सहमति

काठमाडौं : चिकित्सा क्षेत्रको सुधारको माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच प्रतिवेदनको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने सहमति भएको छ। 

यसका लागि मंगलबार डा. केसी पक्ष, कानुन मन्त्रालयका प्रतिनिधि र शिक्षामन्त्रीबीच छलफल भएको थियो। 
 
स्रोतका अनुसार संसदमा नेकपा एमालेले विधेयकमा विरोध नजनाए भोली नै डा. केसीको माग बमोजिम विधेयक पास हुनेछ। 

डा. केसीका अन्य मागका सम्बन्धमा पूर्वस्वास्थ्य मन्त्री गगन थापा र डा. केसीबीच बुधबार एक घन्टा छलफल भएको थियो।
डा. केसीसँग वार्ता गर्न सरकारले हिजै वार्ता समिति गठन गरेको थियो। 

सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव नगेन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्ली रिमाल र स्वास्थ्य सचिव डा. किरण रेग्मी छन्। डा. केसीका तर्फबाट वार्ता टोलीमा डा. वाइपी सिंह, डा. जीवन क्षेत्री र डा. अभिषेक सिंह छन्।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell