काठमाडौं : नेपालको ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए)ले बंगलादेशमा अक्टोबर ११ अर्थात आजदेखि शुरु भएको बिकेएसपी कप क्रिकेट टुर्नामेन्टमा खेल्ने भएको छ।
उक्त टोलीलाई बुधबार मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा संसाद विनोद श्रेष्ठले बिदाई गरे
अक्टोबर १७ सम्म चल्ने यू-१८ लेभलको प्रतियोगितामा कूल ६ टोलीको सहभागी रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइने जिएचसिएले जनाएको छ।
नेपालको जिएचसिए टोली
अनुभव कार्की, सौगात दंगाल. मनिस कुमार सिंह, परिक्षित ढकाल, सोहम अर्याल, हिमाशुं दत्त, अभिषेक बस्नेत, अर्पण कुवँर, अभ्यास तिम्सिना, सार्थक कान्त सेढाँई, आभुषण राज शाही, विज्ञान गौतम, दीपेश पौडेल
म्यानेजर : सुमन राज कार्की
प्रशिक्षक : सुदीप शर्मा
सहायक प्रशिक्षक : नरेश केसी